यी तस्विर हेर्नुस् तपाइलाई गाउँको सम्झना आउँछ (फोटोफिचर)

फोटोफिचर-रमेश रेग्मी

गाउँमा जन्मिनु भो, गाउँमै हुर्किनु भो र करिअर खोज्दै शहर पस्नु भयो तर, पनि तपाईको दिमागवाट गाउँको तस्विर हत्तपत्त हट्दैन । जो अहिले शहरमा बस्नु भएको छ । केही दिनका लागि गाउँ जाँदा पक्कै तपाईलाई रमाइलो लाग्न सक्छ ।

गाउँको रुप पनि अहिले क्रमश फरिँदो छ । रातो माटोले पोतेको भित्तो गाउँमा पनि दुर्लभ हुन थालेको छ । कंक्रिटले घरका भित्ता पोतिन थालेपछि बिहान बेलुका घरको सिखुवाको झ्यालवाट धुवाँ पुत्पुताउदैन । ग्यास चुल्हो माथी बसेको प्रेशर कुकर छिन छिनमा सिट्ठी बजाउछ । युवा पुस्ताको पलायनसंगै गाईको गोठ रित्तो हुन थालेको छ भने गाउँमा हुने मेला पर्वमा पनि बजारमा पाईने क्यानको दुःध दही खपत हुन थालेको छ ।

Leave a comment