काठमाडौ मा डेरा

सुमन शर्मा/रमेश रेग्मी

मलाई डेरा खोजेर सर्नु पर्ने छ । दाई भाउजुको डेरामा आश्रय लियको पनी ९ दिन बितिसकेछ । पुरानो घरबेटी ले साह्रै किच किच गरेर त्यहाँबाट छोडेरै हिड्ने बनायो । त्यसैले अब अर्को डेरा नपाउन्जेल यही गाँउको दाई को डेरा मा बस्छु भनेर आयको थिएँ । आफैलाई अप्ठ्यारो भयको छ । दाई ले म खोजिदिन्छु भने पनी आफ्नै अफिसको कामले भ्याईनभ्याई छ । भाउजुको ब्यवहार त्यती राम्रो छैन । स-साना कुरा मा पनी साह्रै किचकिच गरी रहने । पानी को धारा खुल्लै भयछ हिजो , त्यती कुरा मा आज को बिहान नै बित्यो । अब उनिहरुकै डेरा, म त आफुलाई डेरा नपाउन्जेल आश्रय लियको थिएँ, के बढी बोल्नु ? यो कुरा भाउजुलाई मन परेको थियन ।

काठमाडौ मेरा लागी नौलो त थियन तर पनी यहाँ डेरा पाउनु भनेको साह्रै कठिन बिषय थियो । सितिमिति सानो मेहेनत ले पाईदै पाइदैन थियो, पाईहाले पनी चित्तै नबुझ्ने महँगा कोठा । जे जस्तो भय पनी एउटा डेरा चाहि खोज्नै पर्नी थियो मलाई । कलेजका साथिहरु सँग पनी कुरा गरी रहेको थिएँ । विद्यार्थी को पिडा विद्यार्थीलाई मात्रै थाहा हुन्छ । घर मा पैसा चाहियो भनेर सधै भनीरहदा आफैलाई कस्तो कस्तो लाग्ने, नमागि आफ्नो उपाय नहुने, त्यहि माथि डेरा नपायर यो बिजोग भयको थियो । नयाँ डेरा खोज्न थालेको आज पन्ध्र दिन भैसक्यो अझै पाउन सकेको थिईन । साच्चै नै यो काठमाडौं मा डेरा पाउनु भनेको एउटा भयानक युद्द नै जित्नु बराबर थियो । डेरा पाउनै गाह्रो । अझै म जस्तो यहाँ कोई नभयकोलाई त झनै गाह्रो । के गर्ने, कहाँ जाने, कस्लाई भनेर हुने हो केहि मेसो नहुने । म मिलाईदिन्छु भन्दै पैसा खाने दलालहरु को पनी साह्रै हालिमुहाली हुन्छ यहाँ । हिजो पनी कलेज छुट्टी भयपछी दाई भाउजुको डेरामै नगई उतै बाट बिजुली बजार का घरहरुमा “कोठा खाली छ होला” भनेर सोध्दै हिडे, केहि उपलब्धी भयन । अझै एउटा घरबेटी अन्टीले त झपारेरै पठाईन ।तिमीहरु जस्तो कमाई नभयका विद्यार्थीहरुलाई कोठा भाडामा लगायर कसरि हुन्छ?, मैले सबै भोगि सकेकि छु भनेर नराम्रो सँग भनिन । नदिने भय छैन भने भै हाल्थ्यो किन त्यसरी हपार्नु ? मनमा साह्रै नराम्रो लाग्यो । कस्तो स्वार्थीहरुको शहर रहेछ ।

मेरो एउटा झापाको साथी पनि तिन महिना पहिले डेरा खोज्ने चक्करमा धेरै डुलेको थियो । रुखो ब्यवहार भएका धेरै घरबेटीहरु को गाली खानु परेको तितो अनुभव सुनायको थियो । अब मेरो पनी त्यै हालत हुने भो भनेर मनमनै दिक्क लागेको थियो । आज पनी अनामनगर वरिपरी दिनै भरी डुले आखिर केहि उपलब्धी भयन । त्यै पनी हेरौ न भनेर डुलीरहेको थिएँ । डुल्दाडुल्दै शंकरदेव कलेज नजिक आईपुगेछु । अलिअलि भोक लागेको अनुभुति भै रहेको थियो । के खाने भनेर सोच्दै थिएँ अलि परबाट सरिता जस्तै लाग्ने अनुहार यतै आउदै गरेको मैले देखेँ । सरिता नै रहेछ । उ पनि हाम्रै क्लासमा पढ्छे । घर चितवन हो रे । यहाँ काका काकिसँग बस्छे । उसको र मेरो सम्बन्ध अलि नजिक भयको थियो । क्लासका साथिहरु पनी कानेखुसि गर्दै बेला बेलामा उसको र मेरो नाम जोडेर जिस्काउथे । मैले उ प्रति चासो दिन थालेको थिएँ । उ पनी मेरो ख्याल गर्न थालेकि थिई । नजानिदो पारामा हामि एक अर्कालाई मन पराउन थालेका थियौँ । उ पनी म जस्तै बिद्यार्थी थिई । बिद्यार्थीलाई एउटै पिर हुन्छ् खल्तीमा पैसै नहुने । उ पनी बिद्यार्थी नै भयकोले बुझ्थी मेरो कुरा । घर बाट पठायको पैसा जहाँ पायो उहि खर्च गर्न पनी नहुनी । कतै घुम्न जाँउन भन्न पनी गाह्रो । फेरी जहाँ गए पनी तिमिले नै पैसा तिर पनी कसरी भन्नु, केटीहरु पनी यस्तै हुन्छन आफै बुझेर कैलै तिर्दैनन फर्साद हामि केटालाई मात्रै । गत महिनाको कुरा हो यता घरबेटीलाई भाडा नतिरेको दुई महिना भयको थियो । भाडाको लागी भनेर अलिकती पैसा जोगायर राखेको थिएँ । क्लासका साथिहरु मिलेर पोखरा सराङकोट पिकनिक जाने सल्लाह भयो । जान्ने भयर सरिताको सराङकोट जानी पैसा पनी मैले नै हालिदियको थिएँ । अब उसले फिर्ता गर्लि भन्ने त के आश ? मनको फरासिलो हुनु पनी सारै गाह्रो रहेछ । डेरामा घरबेटीले अलिअलि किचकिच गरे पनी त्यति साह्रै गरेको थिएन, त्यो महिना पनि भाडा तिर्न सकिन, त्यति भयपछी त के चाहियो र? डेरा नै नछोडि नहुने भो । त्यै भयर चिनेको दाई भाउजुको मा शरण लिन पुगेको थिय । भाडा बेलैमा बुझाउन पनी त्यस्तै हुने, घरबाट अड्कलेर पठाईदियको पैसो केके मा मात्र खर्च गर्नु, यसो उसो गर्यो त्यतिकै सकिने, त्यहि माथि काठमाडौ को महँगि, के कुरा गरी साध्य छ र !

म त्यस्तो नराम्रो संगतमा नलागेको, नसापानी केहि नगर्ने मान्छेलाई त यस्तो गाह्रो छ, अझ गाँजा चुरोट खानेहरुको हबिगत कस्तो होला? म टोलायको देखेर सरिताले “ओई के भो” भनेर झस्काई । मैले केहि हैन भनेर टारेँ । सरिता सँग बाटै पो केहि हल मिल्छ्की भनेर डेरा नपायर आफुले पाएको दु:ख बारे सुनाएँ । उसले बुझेर खबर गर्ने आश्वासन दिई । तिमि सँगैको डेरा मिल्छकि बुझन भन्न मन लागेको भय पनी उस्को उत्तर मा मुन्टो मात्र हल्लाएँ ।

भोक लागेको ले केहि खाजा खाउँ भनी दुबै जना शंकरदेव कलेज भित्र को एउटा रेष्टुरेन्टमा छिरेर खिर खायौँ । “साह्रै मिठो बनाउँछ है यहाँको खिर” उसले भनी, मुन्टो हल्लाउदै मैले भने तिमिले चाहि कहीले बनायर खुवाउने हो मलाई ? उ हासी मात्रै । खिरको पैसा मैले नै तिरेँ । भोली कलेज मै भेटौला भनेर हामी छुट्टियौ । सरितासँग को प्रेमिल ठट्टा ले मन मा थोरै खुसि छाय पनी आफ्नो वास्तविक समस्या जिउँ का तिउँ थियो । त्यसै मन बिरक्त थियो । दाई भाउजुको डेरा पनी जानै मन लाग्दैनथ्यो ।

एकदिन त्यसै डुलेर भृकुटीमण्डप को बाटो फर्किदै थिएँ । रातीको साढे दश भयको हुदो हो, एकछिन बस्न मन लाग्यो । त्यहिको कुर्सिमा गयर आडेस लगायर बसेँ । दिन भर डुल्दा डुल्दै गलेर होला त्यसै थकाई लागेको थियो । त्यतिकै मा भुसुक्कै निदायछु । पछी ब्युझेर घडि हेर्न खोजे हात मा घडी थियन । आज लगाउन बिर्सेछु, कस्तो बिर्सीने भयको म आज भोलि जस्तो लाग्यो । निद्राले आँखा पोली रहेको थियो । भृकुटीमण्डप बाट निस्कियर अनामनगर को बाटो लागे । राजुले खै कुन एउटा ग्रुप छ यस्तै डेरा खोज्न सहयोग गर्ने भन्थ्यो , त्यै सोध्नु पर्यो भनेर मोबाईल झिक्न पकेटमा हात हाले, म झसङ्ग भए मोबाईल नै थियन , फेरी अर्को पकेट हेरेँ मेरो पर्स पनी थियन । बल्ल थाहा भो मलाई, मैले घडि लगाउन पनी बिर्सेको थिईन, मेरो त घडी पनी हरायछ । म बिर्सने भयको हैन, ज्यादै सम्झने कुन चाहि ले मेरो घडि, पर्स, मोबाईल सबै चोरेर लगेछ । के गर्नु अब, कस्लाई भन्नु? घरबाट पठाईदियको अलि अलि पैसा पनी त्यहि पर्स मा नै थियो । अब मोबाईल पनी छैन के गर्नु । अब डेरा खोजौँ कि हरायको पर्स, साह्रै पिडा को महशुस गरे मैले । चोरियको पर्स त भेटिने सम्भावना नै थियन, त्यै पर्सको एउटा सानो पकेटमा सरिताको एउटा फोटो पनी लुकायर राखेको थिएँ । अब त्यो फोटो पनी चोरियो । बल्ल बल्ल गरेर उ सँग मागेर राखेको थियँ , अब फेरी अर्को फोटो देउ पनी कसरी भन्नु? त्यो रात त्यसै छटपटिमै बित्यो ।

भोलिपल्ट राजुसँग सबै कुरा भने, उसले आफ्नो पुरानो मोबाईल मलाई दियो र त्यो डेरा खोजिदिने ग्रुपको बारेमा पनि जानकारि दियो । राजुको पुरानो मोबाईलबाट फेसबुक लग ईन गरेँ । लग ईन गर्न नपाउदै सरिताको म्यासेज आयो- कता हरायको? डेरा पायौ त? किन केहि म्यासेज नगरेको, के भो ? हिजो देखी मैले उसलाई सम्पर्क गर्न सकेको थिईन, उसको जिज्ञाशा स्वभाविक नै थियो । मोबाईल पर्स हरायको कुरा भनौ कि जस्तो लाग्यो, तर भनिन । जान्ने भयर राति को बेला त्यो भृकुटिमण्डप किन गयको भन्न पनी सक्ली भनेर भन्न मन लागेन । मोबाईल बिग्रीयर बनाउन दिएको छु, अनि हेरन डेरा पनि पाएको छैन कुरा गर्दै छु भनेर रिप्लाइ गरेर एउटा लभ को ईमोजि पनी पठाएँ । उसले पनी केहि रिप्लाई गरेकि थिई तर त्यो नहेरी पहिले राजु ले बतायको ग्रुपमा जोडिएँ । डेरा को लागि बुझ्दै गएँ तर त्यहाँ त डेरा खोजिदिने भन्दा पनी हामि जस्तो केहि थाहा नभयकोहरु सँग बाट डेरा खोजिदिने नाममा पैसा असुल्नेको ठुलो जमात भयको पाएँ । कति धेरै आश गरेको थिए आखिर केहि भयन । काठमाडौ शहर सच्चै नै लुटाहाहरुको शहर हो जस्तो लाग्यो, मन नभयका मान्छेहरुको थलो जस्तो लाग्यो, कसैले पनी सहयोग नगर्ने, सके सम्म फटाई गरेर नै अरुलाई लुट्ने मान्छेहरुको भिड भयको शहर जस्तो लाग्यो । त्यसै दिग्दार लागेर आयो । सरिताको अघिको म्यासेज हेरेँ उसले पनी लभ को ईमोजि पठायकि रहिछे, फेरी मैले दुईवटा लभको ईमोजिसँगै एउटा ओठ भयको ईमोजि पनी पठाईदिएँ ।

त्यसो त डेराकै बारेमा साह्रै दु:ख भो भनेर घरमा पनि कुरा गरेको थिएँ । बाबा का एकजना साथि अहिले सांसद भयका रहेछन । म उ सँग कुरा गर्छु भन्नु भयको थियो बाबा ले । जाबो डेरा खोज्ने कुरामा पनि सांसदलाई नै गुहार्नुपर्ने यो कस्तो बिडम्बना । ठुल्ठुला देशका परियोजना बनाउने, नितीनियम बनाउने, देशका समस्या समाधानको हल खोज्ने त्यत्रा ठुला सांसदले म जस्तो मामुलि बिद्यार्थीको लागि डेरा खोजिदिन्छन भन्ने त मलाई लागेकै थियन । हुन पनि त्यहि नै भयो। हुन्छ म हेरौला भनेको थिय रे फोन मा त्यसपछि अत्तो पत्तो भयन । सांसद जस्तो मान्छेलाइ पटक पटक फोन गरेर झिझाउनि कुरा पनि भयन।

पर्सि पल्ट बाबा ले अलिकति पैसा पठाइदिनु भयो। मेरो यहाको पिडा ले घरमा पनि पिडा हुनु स्वभाविक नै थियो ।

यस्तै मा राजुले म्यासेज पठायर भन्यो डेरा खोजिदिने एजेन्सि मा बुझन त्यहाँबाट पो मिल्छ कि । १ बजेको हुदो हो, टन्टलापुरे घाममा सडक किनार किनार हिनेर अनामनगर पुगे त्यहाँ रहेको एउटा एजेन्सि लाई मेरो दुरदशा सुनाय , उस्ले काम त हुने तर एडभान्स स्वरुप १,५०० रुपैयाँ को माग गर्यो । काम हुने हो कि होइन जाबो कोठा खोज्न पनि एडभान्स? के गर्नु अब हुन्छ भन्नु को बिकल्प नै के थियो र ?

त्यसको पर्सिपल्ट फोन आयो कोठा हेर्न आउनु भनेर । म कोठा हेर्न को लागि खुसि हुदै गय। तर जति खुसि कोठा हेर्न जादा थिय फर्किदा त्यति खुसि लागेन। साँघुरो कोठा, निकै अध्यारो, झ्याल पनि सानो त्यै पनि कुनामा। हप्ता मा एकदिन पानी आउने रे । सामान्य एउटा खाट भने थियो । महिना को ६,००० तिर्नु पर्ने रे। घरभाडा चाहि १ गते नै दिनु पर्ने। कस्तो कडा नियम ।

डेरा देखेर सारै दु:ख लाग्यो। वरिपरि का मान्छेहरु को गाईगुई सुनि रहेको थिय, भुइतलाको कोठा हिउँद को दिन मा त ठिकै हो, बर्खा मा त पानी को भेल सबै भित्रै पस्छ, मान्छेहरु को कुरा सुनेर बल्ल बल्ल पायको यो डेरा पनि छोडौ कि लिउँ जस्तो भयो । पैसा बुझाई सकेँ त्यै पनी एक पटक अनुनय गर्न मन लाग्यो र भने अर्को मिलाउनु पर्यो सर यो त सारै साँघुरो र निकै अध्यारो भो । तर उसले फेरि पैसा लाग्छ, हामिले धेरै जना लाई डेरा खोजदिनु पर्छ ,हुन्छ भने यै हो होइन भने अरु पनि आउछन् यहा भनेर रुखो जबाफ फर्कायो।

हुदै नहुन भन्दा यत्तिको छ भनेर चित्त बुझाउनु कि फेरि अर्को कोठा खोजदेउ भन्नु। अब तिरि सकेको पैसा फिर्ता हुदैन, फेरि डेरा खोजदिनलाई मात्र अर्को १५०० म सगँ थियन । अन्तत त्यहि साँघुरो मन नपरेको डेरालाई नै मैले आफ्नो बनाउने निर्णय गरे ।

दाई भाउजु लाई आश्रय को लागि धन्यवाद दिदै त्यसको पर्सि पल्ट म त्यहाँबाट औपचारिक रुपमा निस्किएँ । अब भने मलाई सरितासँग को साथ ले मेरो आध्यारो कोठा उज्यालो बनाउनु थियो ।

Leave a comment