I am with Tootle,Freedom of speech #tootle


Ramesh regmi

३ बर्ष अगाडि यो सुरु हुँदा मलाई पनि विश्वाश थिएन यो सोच नेपालमा काम लाग्छ। तर tootle मा काम गरेको २ महिना भित्र मेरो सोच्ले कोल्टो फेर्यो। नेपालमा बेरोजगारीको समय्सा मैले धेरै नजिक बाट नियाल्ने अवसर पाये र यो बिषयमा धेरै सम्बेदनशील छु। Tootle सुरु भएको सुरुवाती महिनामै Mens Room Reloaded ग्रुप बाट rider हरु tootle मा अबद्ध गर्न थालियो , दारी ग्-याङ मा पनि थुप्रै पोस्ट गरेको थियो Tootle ride sharing उध्योगको जग गढ्दै थियो र हामी पनि त्यो ईतिहासको पात्र हुँदै छम, हामीलाई त्यस्को अभास थिएन। एउटा app को भरमा मोटरसाइकल घरको ढोका मै आउने रे, कही एस्तो पनि हुन्छ ?? भनेर हामीमा अभिश्वास गर्नेको जमात पनि ठुलो थियो। प्रबिधी नयाँ भएकोले बुझाउन एक्दम्मै गाह्रो थियो। ईन्टरनेटको data pack को बारेमा पनि आम् नेपालीलाई ज्ञान खासै थिएन, digital wallet र मोबाईल banking चलाऊने कुरा त झन एउटा सानो गाउबाट आएको tootle rider लाई एकदम नौलो चिज थियो। तर हामीले बिस्तारै येस्को बानी बसायौ। अत्ती बिकसित् देश हरुले चलाऊने प्रबिधी हामीले नेपालमै चलाऊनको लागि नेपालीलाई प्रेरित गरेकाछौ। बिस्तारै tootle ले गती पक्डैथ्यो र नयाँ rider अबद्ध हूने क्रम पनि बढ्दै थियो। एक दिन् एक्जान दाई धेरैनै तनाबमा हस्याङ फस्याङ् गर्दै हाम्रो कार्यलय आएपुग्नु भयो। वहाँ धेरै चिन्तित हुनुन्थ्यो, छोरा छोरीको फीस तिर्ने पनि पैसा थिएन रहेछ। काम गर्न सिकेर त्यो महिना वहाँले धेरै मेहेनत् गरेर काम गर्नुभो। महिनाको अन्तिममा मलाई वहाँले कल गर्नु भयो र भन्नु भयो " धेरै पछी खसी को मासु लिएर आको छु बाबु, मेरो परिवार सँग बसेर खाना खानु हुन्छ ? " म खुशी ले गद गद भये र वहाँ को प्रस्ताब् स्विकार गर्दै वहाँको भाडाको कोठामा पुगे। वहाँको साना साना नानीसँग पत्रीका ओछाएर खाना खादा मैले मेरो आँखा बाट आसुँ रोक्न सकिन। त्यो खुशीको आसुँ थियो। तर ठुला ठुला महलमा बसेर मार्सी चामलको भात खानेलाई गरीबको घरको खानाको स्वाद कस्तो हुन्छ के थाहा ? जन युद्ध गरेर दशौ हजारौंको ज्यान जादा, सहीद् परिवारका घर देखी मन मस्तिस्कमा आगो लाग्यो तर दशौ हजारौं बेरोजगार नेपाली युवालाई रोजगारीको अवसर दिएर ऊनिहरुको चुलोमा आगो लगाउन कति आनन्दको अनुभुती हुन्छ के थाहा ?? नेपाली संबिधान को भाग ३ मौलिक हक र कर्तब्य उपदफा ३३ "रोजगारी को हक" जस्मा उल्लेखित " प्रतेक नागरिक लाई रोजगारी को हक हुनेछ " र " प्रतेक नागरिकलाई रोजगारी छनोट गर्न पाउने हक हूने छ " उल्लेख गरिएको छ। ४०,००० भन्दा बेसी tootle मा अबद्ध rider हरुबाट रोजगारीको हक छिन्न संबिधान बिपरित नहोला र ? बन्ध गराउने भने ति rider हरुको रोज्गारी सुनिस्चित गराउनुस्। त्यस्तै नेपाली संबिधान अन्तर्गत "सामाजिक न्यायको हक" सुनिस्चित गर्न tootle ले जति भूमिका अरुले खेलेको मैले देख्दिन। आज आएर tootle मा अबद्ध महिला कदममा कदम मिलाएर रोजगारीको लाभ लिदैछन। कति दिदी बहिनी त ride लिनेमा पुरुष भन्दा अगाडि छन, तर दु:खको कुरा फेरी अब वहाँहरुको अत्मसम्मनमा धक्का पुग्ने भयो।

आज tootle मा धेरै जसो rider दलित र पिछदिएको समुदायका छन, तर एउटा tootle सेवाग्रहीलाई सोध्नुस् कहिले rider को थर् सोधेर tootle चढ्नु भएको छ ? उत्तर पाउनु हुनेछ।संबिधानले अपाङ्गता भएकलाई पहिचान सहित् मर्यादा र अत्मसम्मान पुर्बक् जीवनयपन गर्न पाउने सुनिस्चित गरेको छ। मलाई चिन्ता लाग्छ के हुन्छ ति हजारौं बिभिन्न अपाङ्गता भएका र दृष्‍टिबिहिन दाजुभाई दिदी बहिनीहरुको, जो tootle को सेवा लिएर बिना कुनै रोक टोक यात्रा गर्दैहुनुन्छ अब फेरी बस टेम्पो मा धक्का खाने दिन आउन दिन उचित होला त ? आँफैलाई प्रश्न गर्नुस् ?

हामी हाम्रो अगाडि भएरहेका गलत कुरा लाई बेवास्ता गर्छौ। सायद् कति त यहाँ सम्म पनि पढ्नु भएन होला। तर यो हाम्रो ठुलो हार हो। यो tootle को बारे मात्र होइन। हजारौं सपना बोकेर नेपालमा उध्यम गर्ने सोचको हार हुन्छ। दिन रात मेहेनत गरेर दुई छाक टर्ने आम् नेपालीको हार हुन्छ। नेपाललाई एउटा सम्ब्रिद्ध र बिकसित् देश बनाउने सारा देश्भक्त नेपालीको हार हुन्छ।

यो सन्देश सबमा पुग्न जरुरी छ। #like #comment #share

#Iamwithtootle #freedomtomove #freedomtowork #freedomofspeech #tootle

Leave a comment